लिफ्ट दिएको सरकारी कर्मचारीको गाडी नै लुटिएपछि...
पाेखरा | असार १३, २०७९
धनगढीः गाडीमा लिफ्ट मागेर चढेका तीन जनाकाे समुहले नै नगद र गाडी लुटेका छन् ।
कैलाली प्रहरीका अनुसार तीन जनाकाे समुहले कुटपिट गरि लोकेन्द्रसिंह भण्डारीको सवारी साधन र केही नगद लुटेका हुन् ।
डडेल्धुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत लोकेन्द्रसिंह भण्डारी कैलालीको गोदावरी नगरपालिका–४ गाइमारेमा हातखुट्टा बाँधिएको अवस्थामा फेला परेका थिए ।
सोमबार उनीमाथि केही व्यक्तिले आक्रमण गरी ज्यान मार्ने उद्देश्यले भिरबाट फालेर गएको बताइएको छ । भण्डारी स्वयंमले स्थानीयलाई बताए अनुसार तीन जनाकाे समुहले समूहले उनलाई आक्रमण गरेका थिए ।
उनी खुट्टामा बाँधेको डोरी खोलेर घिस्रिदै सडकसम्म पुगेपछि स्थानीयले थाहा पाएका थिए ।
अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरू गरेको छ ।
तीन जना मान्छेले घुमाउन लगिदेऊ भनेर गोदावरीको उकालोतिर भण्डारीलाई लगि कुटपिट गरी बाँधेर फालेको र उनको गाडी र पैसा लुटेर भागेको कैलाली प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

